एमाले युवा संघ दमक अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेश, बालेनले गरे स्वागत

काठमाण्डु– नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष र उपाध्यक्षले संगठन छाडेका छन्।अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले युवा संघ छाडेका हुन्। उनीहरुले बधबार युवा संघ छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहले उनीहरुलाई रास्वपामा स्वागत गरे । खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् ‘आज मिति २०८२ माघ ७…