काठमाडौं – नेपालमा थप ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ । उनले १० हजार एक सय जना आइसोलेसनमा रहेको बताए…