काठमाडौं - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा पहिराले बगाउदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको तर घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए । डिएसपी बमले भने, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ ।…