जाजरकोट पहिरो : पाँच सय परिवार विस्थापित, नौ शव भेटिए

जाजरकोट - पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ…