तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो

काठमाडौं – लगातारको वर्षातपछि आएको बाढीले तनहुँमा सेती नदी बस्तीमा पसेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको हो । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४० भन्दा बढी घर डुबानमा परेका छन् । बानमा परेपछि १ सय ४५ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीसहित…