नेपालगञ्ज – कोरोना संक्रमणबाट ज्यान गुमाएकी कैलालीकी महिलाको सम्मानपूर्वक अन्त्येष्टी गरिएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा स–सम्मान अन्त्येष्टी गरिएको हो । महिलाको शव व्यवस्थापन गरेको नेपाली सेनाको टोलीले सम्मानसहित अन्तिम संस्कार गरेको हो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी…