काठमाडौं – काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका १० जना, ललितपुरका ५ जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ…