जनकपुर – प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ । यस प्रदेशमा छ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोनासम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए । यस प्रदेशमा थपिएका छ जना पुरुष छन् । सर्लाही जिल्लाको हरिपुर…