भक्तपुर- भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ। भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो। प्रयोगशालामा भएको परीक्षणको शुक्रबार…