कैलाली - कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेशन श्यया भए पनि यहाँ शुक्रबार साँझसम्म सङ्क्रमितको सङ्ख्या ७७० जना पुगेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार…