समाजवाद र पूँजीवादको फरक निफन्दै ढकाल

–रमेश लम्साल काठमाडौँ—शुक्रबार देशभर संविधान दिवस अर्थात् राष्ट्रिय दिवस सम्पन्न भएको छ । नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट आफैँले आफ्ना लागि लेखेको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्रलाई आत्मसात् गरेको छ । संविधानमै समाजवाद लिपिबद्ध भएको संवैधानिक इतिहासमा नै पहिलोपटक हो । राज्यका सबै संयन्त्रलाई समाजवाद निर्माणका…