टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि सुन्दरहरैंचामा तनावग्रस्त, निषेधाज्ञा जारी

मोरङ - मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मा टिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि अहिले तनावग्रस्त बनेको छ। सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा-९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले…