पहिरोले अरनिको राजमार्ग बन्द

काठमाडौं – अविरल वर्षाका कारण आएको पहिरोले गर्दा अरनिको राजमार्ग बन्द भएको छ । पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको…