नेपालमा २४ घण्टामा थपिए ३१४ जना कोरोना संक्रमित

काठमाडौं – नेपालमा २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् ।…