काठ तस्करीमा सेनाका अमलदार

भैरहवा–नेपाली सेनाका एक जना अमलदार काठ तस्करीमा संलग्न रहेको पाइएको छ। रुपन्देहीको रामनगर सामुदायिक वनबाट अवैध रुपमा तस्करी भइरहेको काठसहित नेपाली सेनामा कार्यरत ३१ वर्षीय अमलदार हिमाल नेपालीसहित चार जना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो। वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम केसीका अनुसार काठ २ वटा ठूला गोलिया रिक्सामा हालेर लैजाँदै गरेको…