काठमाण्डु – कैलालीका महिला अधिकारकर्मीले लैङ्गिक संवेदनशीलता हेर्ने छुट्टै कार्यालयको माग गर्दै सरकारका विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका छन् । अधिकारकर्मी गोमा आचार्यलगायतले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीमार्फत राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति, राष्ट्रिय महिला आयोग र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र पठाएका हुन् । संविधानले प्रदत्त…