धनुषा - धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत बिहीबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको बताए । विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका अवस्थामा अग्रपंक्तिमा रही…