काठमाडाैं - कोरोना भाईरसको संक्रमणबाट ललितपुरका एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । ललितपुरको बुङमतीका ५९ वर्षीय पुरुषको बुधबार राती मृत्युभएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए। मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा…