जनप्रतिनिधि हुनु त यस्तो पो !

चितवन – माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भारतीय सीमानामा अलपत्र परेका नगरवासीलाई उद्धार गर्नेक्रम जारी राखेका छन् । आफ्ना नागरिक लिन उनी बस लिएर सीमानासम्म आफै पुगेका हुन् । उनका अनुसार तीमध्ये सोमबार १५ जना र अघिल्लो साता नौजना ल्याएर क्वारेन्टिनमा राखिएको छ । दुई दिनअघिमात्र सुनवलबाट ६५ जनालाई माडी ल्याइ क्वारेन्टिनमा राखिएको छ ।…