काठमाडौं- परराष्ट्रमन्त्रालयले इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे जारी गरेको विज्ञप्तिमा गम्भिर त्रुटी भएको छ । परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा समवेदनाको साटो बधाईको सन्देश दिइएको छ । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउंदा हालसम्म चार सय भन्दा बढीको मृत्यु…