काठमाडौं - निर्मलाका निम्ति न्याय अभियान कार्यक्रम माइतिघर मण्डलामा सुरु भएको छ। कार्यक्रमका सहभागीहरूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गरेका छन्। ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टरसहित शनिबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा निर्मला पन्तको पक्षमा सहभागीहरुले आवाज बुलन्द गरे । प्रदर्शनमा विभिन्न उमेर समूहका नागरिकहरुको स्वतःस्फूर्त सहभागिता…