लकडाउन उल्लंघन गर्दै सिंहदरबार अगाडि चिनियाँको प्रर्दशन, डीएसपी घाइते

काठमाडौं – काठमाडौंमा चिनियाँहरुले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका छन् । सिंहदरबारअघि प्रर्दशन गर्ने ३२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा चिनियाँहरुले प्रहरीमाथि हातपात गरेका छन् । चिनियाँहरुको आक्रमणबाट सिंहदरबार वृतका प्रमुख डीएसपी हरिबहादुर बस्नेतको टाउकोमा चोट लागेको छ । लकडाउन उल्लंघन गर्दै उनीहरु प्रर्दशनमा उत्रिएपछि प्रहरीले रोक्ने खोजेको…