काठमाडौं – वीरगञ्जमा भेटिएका १७ जना कोरोना संक्रमित एकै परिवारका भएको खुलेको छ । बुधबार दुई महिनाको शिशुसहित १७ जना फेला परेका संक्रमित एकै परिवारका भएको खुलेको हो । गत वैशाख २१ गते संक्रमण देखिएका वीरगञ्ज महानगरका सफाई कर्मचारीका परिवार रहेको बताइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय उनी सोही परिवारका सदस्य हुन् ।…