बाँके - चौध वर्षदेखि निर्माण अलपत्र छाडिएको महेन्द्र बहुमुखी क्याम्पसका दुई भवन आगामी महिनादेखि निर्माण गरिने भएको छ । क्याम्पसको सक्रियता र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा जीर्ण बन्दै गएका स्नातकोत्तरको कक्षा र छात्रावास भवन असोजदेखि निर्माण शुरू गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख गणेश रेग्मीले जानकारी दिए। “उपमहानगरपालिकाले भवन निर्माणका लागि ५० लाख विनियोजन गरेको छ…