काठमाण्डु – काठमाण्डुको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरू भएको छ । मंगलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको हो । बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका…