काठमाडौं – सरकारले १६ जना सहसचिवको सरुवा र हेरफेर गरेको छ । मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा सरुवा भएका छन् । राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाइएको छ । सामान्यकै प्रवक्ता भुपाल वराल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ…