फ्रिज प्रयोगविहीनः प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य

लमही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । उनले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे…