मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाण्डु - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदैछन् । उनले दिउँसो २ बजे विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन आदेश अनुसार नै बुधबार विश्वासको मत लिन लागेका हुन् । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उनको दाबी छ…