भक्तपुर - सूर्यविनायक नगरपालिकाले कोरोना भाइरसका शङ्कास्पद व्यक्ति राख्न १०० जना क्षमताको क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकामा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अगुवाइमा नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा बनेको टोलीले कोरोना भाइरसको सङ्क्रमण रोक्नदेखि उपचारसम्मको व्यवस्था गरेको छ । नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रत्येक वडामा प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा…