नारायण ढुङ्गाना/काठमाडौं – यहाँको कालिकास्थान–मैतिदेवीको भित्री सडकमा बुधबार साँझ मानिसको भिड बाक्लो थियो । कतिपय मानिस खाद्याह्न र तरकारी खरिदमा झुम्मिएका थिए । कतिपय रमाइलो हेर्न आएका थिए । ‘कस्तो हुँदो रहेछ बन्द भनेर निस्केको पुरै ठप्पै रहेछ’, युवा आपसमा कुरा साट्दै थिए । समुह–समुहमा मानिसको जमघट थियो । कोठा भित्र बस्दा वाक्क लागेर बाहिरी…