सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ । कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन् । पीपीईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना आशङ्कित बिरामीसँग संसर्ग गर्न…