काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको छ । रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारिरीक हिंसा गरेको भन्दै महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पीडित…