काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले कात्तिक २ गतेदेखि अनिश्चितकालसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए । ‘सेवाग्राहीहरुको भीडभाड बढिरहेको र कार्यालयबाटै सेवाग्राहीहरुमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले कात्तिक…