सरकार र गोकर्ण रिसोर्टबीच दुईपक्षीय सम्झौता

काठमाडौं – सरकारले गोकर्ण फरेस्ट रिसोर्टसँग दुईपक्षीय सम्झौता गरेको छ । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञवालीले दुईपक्षीय सम्झौता गरेको बताए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै ज्ञवालीले मंसिर २३ गते मन्त्रिपरिषद्बाट समय थपको निर्णय भइसकेकाले माघ २ गते नेपाल ट्रस्ट र गोकर्ण रिसोर्ट सञ्चालकबीच सम्झौता भएको जानकारी गराए ।…