काठमाडौं - जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् । सङ्क्रमितको सङ्ख्या ९९१ पुगेको छ…