काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको अनुभवबाट सिकेर समुदाय र सिंगो राष्ट्रको विकासका लागि व्यावहारिक र आवश्यकताको आधारमा उक्त नीति…