धनगढी– प्रदेश ७ को सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताको साथ राखेको ‘हेल्लो सीएम’ कार्यक्रमको सोमबारबाट औपचारिक रुपमा शुरु भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै कार्यलयमा हेल्लो सीएमको शुभारम्भ गरेका हुन्। शुभारम्भ गरेको केही बेरमा नै हेल्लो सीएममा पहिलो फोन डोटीका करणजङ शाहीले गरे। मुख्यमन्त्रीसँग कुराकानी गर्दै उनले भने– कैलाली–कञ्चनपुर लगायतका ठूूला सहरमा हुने…