काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कर्णाली प्रदेशलाई जडिबुटीको हबका रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताएका छन्। मन्त्री बस्नेतले कर्णालीका जिल्लाहरुमा जडिबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जनागरिने उल्लेख गरे। ‘कर्णाली प्रदेश जडिबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो,’ कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको सामूहिक…