प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५\७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रतिनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताए ।…