यातायात समितिको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोज्न गृहमन्त्रीको निर्देशन

काठमाडौ– सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्वद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजविनलाई थप तिव्रता दिएको छ। मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवि नेपाल लगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्वद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५…