काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन्। स्थानीय तह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताएका हुन्। संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज उद्घाटन गर्दै…