काठमाडौं - हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनकै योजनामा गोली प्रहार भएको खुलेपछि दिल्ली जान लागेका उनलाई प्रहरीले काठमाडौंको विमानस्थलबाट पक्राउ गरेको हाे । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भएकाे थियाे…