स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित

पोखरा–प्रदेश नम्बर ४ को साेमबार बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् प्रस्ताव राखेका थिए। विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा र हरिशरण आचार्यले…