सिडियाेलार्इ गृहमन्त्रीकाे निर्देशन ‘सरकारलाई सहयोग गर्ने कागज गरे छोड्नु नभए मुद्दा चलाउनु’

काठमाडाैँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पक्राउ परेका यातायात व्यवसायीले सरकारलाई सहयोग गर्ने कागज गरे छोड्न नभए मुद्दा चलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । शुक्रबार र शनिबार देशभरिबाट पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने कागज गराउन थापाले ७७ सिडिओलाई…