महरालाई नेपाल प्रहरी र सशस्त्रका पूर्वडीआईजीले गरे कारागारबाट विदाई

काठमाडौं – बलात्कार प्रयास अभियोग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागारबाट विदाई भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायत डिल्लीबजार कारागारका कैदीले खादा र  माला लगाएर विदाइ गरेका थिए । बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो…