काठमाडौंमा पानी पर्यो, लेकाली भेगमा हिमपात

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ । पानी परेसँगै चिसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र वर्षाको पनि सम्भावना छ । बिहीबार राति पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने…