पर्वतको फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिला पुग्यो

लक्ष्मीप्रसाद सापकोटा पर्वत – झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँ आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो । विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ । त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर…