स्वर्गीय मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने, भोलि राष्ट्रिय शोकको घोषणा

काठमाडौं– सरकारले संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीका निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ। मन्त्रिपरिषद्को बुधबारको आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा राष्ट्रिय शोक मनाउने र उनको अन्तिम विदाई राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो । सो अनुसार बिहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । यसैगरी, सरकारले हेलिकोप्टर दुर्घटना…