सुदूपश्चिममा आज ‘ठुलीरात’ मनाइँदै

बैतडी – आज पुस १५, सुदूरपश्चिममा आज ‘ठुलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने, “रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा आइना,…