काठमाडौं - राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । बङ्गलादेशको दलित र अल्पसङ्ख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरवारस्थित कार्यकक्षमा भेट गरेको उनको सचिवालयले जनाएको छ । नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसङ्ख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने…